१९७९ मा भरतको कल्कत्तमा जन्मिये पस्चात आज सम्मा गोडा तिसेक बसन्तहरुसग कहिले रिसौदै कहिले खुसौदै भाग्यको जन्जिरले बँधिएर जिबन्को कैदी भाई रहेछु। चाहनुहुने साथी हरुले संपर्क गर्न सक्नुहुन्छ ।
Interests
कम्प्युटरको ज्ञान हसिल गर्नु , मन मिल्ने साथी बनाउनु ,मिठो खाना बनाउन सिक्नु ,सहित्ते सम्भन्धी ज्ञान लिनु, एक अर्काको मन भुझ्न खोज्नु हेहेहेहेहेहेहीहेह (तर सबै मा असफल )
पढाइमा अब्बल दर्जा भएको पुष्पकमलमा राजनीतिक बीउ भने १० कक्षा पढ्दादेखि अंकुराउन थालेको हो । प्रचण्ड त्यो क्षण सम्झन्छन्, “पहाडमा खान नपुगेर तराईको पीडाले पनि परिवारमा मनोवैज्ञानिक असर परेकै थियो । त्यसमा पनि वरपरको वातावरण पनि पूरै कम्युनिस्टमय थियो । मेरै घरनजिक धनबहादुर विक कम्युनिस्ट कार्यकर्ता रहेछन् । उनले मलाई कम्युनिस्ट बन्ने प्रेरणा दिए । उनले नै रूपलाल विश्वकर्मासँग चिनजान गराइदिएका हुन् ।” त्यसपछि उनको सम्पर्क पुष्पलाल श्रेष्ठसँग भयो । चौथो महाधिवेशनपछि उनको भक्तबहादुर श्रेष्ठसँग घनिष्ठ सम्बन्ध गाँसियो । त्यस हिसाबले उनको राजनीतिक जीवनको आरम्भ तत्कालीन पुष्पलाल समूहमा २०२८ सालमा प्रवेश गरेपछि भएको माने हुन्छ । भक्तबहादुर पार्टीको महामन्त्री हुनेबेला प्रचण्ड क्षेत्रीय ब्युरो सदस्य पदमा कार्यरत थिए । ०३९ सालतिर निर्मल लामा र मोहनविक्रम सिंहबीच विवाद आएपछि प्रचण्ड त्यसबेला मोहनविक्रमतिर लागे । उनको विश्लेषणमा, “लामाको चुनावप्रतिको मोह भएका कारण उनलाई परित्याग गरेर मोहनविक्रमतिर लागियो । मोहनविक्रम नै मेराविरूद्ध केन्द्रीय समितिमा यसरी नकारात्मक रूपमा प्रस्तुत हुनुभयो, पछि बाध्य भएर विद्रोह गर्नुपर्यो ।”
आनीबानी ********
प्रचण्डलाई जतिले भेटे, उनीहरूको एउटै धारणा छ, प्रचण्ड अति मिजासिला छन्, सही नेतृत्व गर्ने खालका । तर, उनीसँग नजिकको सम्बन्ध राख्नेहरूका अनुसार उनी हरेक व्यक्तिलाई नजिक ल्याउन सक्ने र दूरी बढाउन सक्ने क्षमता राख्छन् । अझ डा. बाबुराम भट्टराईले अन्तर्वार्ताहरूमा भनेका छन्, “प्रचण्डजी दह्रो नेतृत्वको गुण राख्नुहुने मान्छे हो । उहाँ असाध्यै ‘डायनामिक’ मानिस हो । अहिले एमालेमा त्यो डायनामिक व्यक्तित्वको अभाव हामीले देखिरहेका छौँ । काङ्ग्रेस बीपीका बेलामा जति गतिशील थियो वा मदन भण्डारीको पालामा एमालेमा जुन गतिशीलता थियो, त्यहाँ नेतृत्वका गुणले काम गरेको थियो । प्रचण्ड जनसमूहमा प्रभाव पार्ने सक्ने मान्छे हो ।” प्रचण्ड सामान्यतः बिहान पाँच बजे उठ्छन् । उमेरअनुसार हल्का योग गर्छन् । उनका दिन लेखपढ, भेटघाट तथा संगठनात्मक नीति-निर्देशनबीच प्रायः चापाचापमै बित्छन् । अनि सामान्यतः राति १०-११ बजेको बीचमा सुत्छन् । उनि सादा, शाकाहारी खाना खान्छन् । बिहान नास्तामा रोटी-सब्जी, दिउँसोको खानामा दाल, भात, तरकारी खान्छन् । दिउँसो नास्ता गर्ने चलन छैन । उमेर छँदा खानाको कुनै निश्चितता थिएन । कुनै खास पेयपदार्थ नरूचाउने प्रचण्ड दिनमा ३ देखि ४ कप चिया पिउँछन् । चुरोट पिउँने प्रचण्डले चुरोट छाडेको करिब ६ महिना भयो । उनी चुरोटबाहेक अरू कुनै कुराको अम्मली भएनन् । दर्शन, राजनीति, अर्थशास्त्र र सौन्दर्यशास्त्रसँग सम्बन्धित पुस्तक पढ्न रूचाउने प्रचण्डको परिस्थितिअनुसार थपघट भए पनि सामान्यतः दिनको पाँच-छ घण्टा पुस्तकमै बित्छ । उनलाई असाध्यै प्रभावित पारेको पुस्तक म्याक्सिम गोर्कीको ‘आमा’ हो भने उनी अरूलाई विज्ञान र दर्शनसँग सम्बन्धित पुस्तकहरू अध्ययन गर्ने सुझाव दिन्छन् । उनी भित्र र बाहिर अलग-अलग कुरा गर्ने मानिससाग सबैभन्दा बढी दिक्क मान्छन् ।
सानैमा विवाह भएको र विवाहदेखि नै श्रीमतीसँग अटुट प्रेम रहिआएको उनी बताउँछन् । स्कुल र कलेजमा रहँदा लजालु स्वभावको भएका प्रचण्डलाई कसैले पछ्याउने मौकै पाएनन् । उनी भन्छन्, ‘श्रीमतीबाहेक अरू कसैलाई लेखेको छैन ।’ खेलकुदका बारेमा प्रचण्ड भन्छन्, ‘बाल्यकाल र युवा अवस्थासम्म खेलकुदमा मेरो विशेष रूचि थियो । मन पर्ने खेल फुटबल हो, हाईस्कूलमा हुँदा कतिपय फुटबल म्याचमा भाग पनि लिन्थें, कलेज जान थालेपछि भलिबल र टेबलटेनिसमा रूचि बढ्यो, पछि शिक्षक हुँदा पनि खास गरी गोरखा आरूघाटमा विद्यार्थीहरूसँग भलिबल खेल्थें ।’ उनी गीत-संगीतमा रूचि राख्छन् । उनलाई मनपर्ने गायकहरूमा नारायण गोपाल तथा खुसीराम पाख्रीन हुन् । केही वर्षअघि नायिका करिश्मा मानन्धर मनपर्ने नायिका भएको बताउने प्रचण्डले कलेज पढ्दासम्म निकै चलचित्र हेरेका थिए । जनयुद्धमा चलचित्र हेर्ने संभावना रहेन । उनलाई अहिले हिन्दी चलचित्रमा सवाना आजमीको अभिनय विशेष मन पर्छ । उनी घोडा चढ्न मन पराउँछन् । उनलाई देशभित्र मनपर्ने नेतामा बी.पी. कोइराला र पुष्पलाल श्रेष्ठ हुन् । उनी आˆनो आदर्श नेता लेनिनलाई मान्छन् । २०६३ जेठ ५ मा बुटवलस्थित तिनाउ एफएमसँग टेलिफोन वार्ता गर्दै एमालेका तत्कालीन महासचिव मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवादलाई माओवादी अध्यक्ष प्रचण्डले सकारात्मक रूपमा ग्रहण गर्ने खुलासा गरे । केही सैद्धान्तिक विषयमा छलफल गर्ने समय र योजना तय भइसके पनि त्यसअघि नै भण्डारीको निधन भएकाले आफूहरूबीच कुरा हुन नसकेको प्रचण्डले एफएम-अन्तर्वार्तामा बताए । प्रचण्डले भण्डारीको विचारलाई अहिले गलत ढंगले विश्लेषण भएको बताए । दिनमा कम्तीमा दुई घण्टा इन्टरनेटमा बस्ने प्रचण्ड सूचना-प्रविधिका विषयमा अभ्यस्त छन् । उनको टेलिफोनमा बिहान र बेलुका गरी दिनहुँ कम्तीमा डेढ घण्टा बित्छ ।
समयानुक्रम *********
* २०२६ सालमा एसएलसी * २०३० सालमा आइएस्सी पाटन संयुक्त क्याम्पस * २०३३ सालमा बीएस्सी एजी कृषी तथा पशु विज्ञान अध्ययन संस्थान रामपुर, चितवन * २०३३ सालदेखि २०३५ सालसम्म गोरखा आरुघाटमा अध्यापन * २०३८ सालमा नेकपामा प्रवेश * २०३५ सालदेखि पूर्णकालीन तथा भूमिगत जीवन प्रारम्भ * २०४६ महामन्त्री नेकपा (मशाल) * २०४८ महामन्त्री नेकपा (एकता-केन्द्र) २०५१ महामन्त्री नेकपा -माओवादी) * २०५७ अध्यक्ष, नेकपा (माओवादी) * २०६३ आम जनतासमक्ष र्सार्वजनिक
को हुन त वास्तबिक प्रचण्ड ? (सम्पूर्ण जिवनी) प्रचण्डको जन्म कास्की जिल्लाको ढिकुरपोखरी गाविसमा २०११ साल मंसीर २६ गते भएको हो । उनको न्वारानको नाम छविलाल हो । जीवनमा कम्युनिस्ट बनेर यत्रो ठूलो नेता बन्छु भनेर उनले कहिल्यै सोचेका थिएनन्, न त विद्रोहको सफलताबारे आँकलन नै गरेका थिए । परिवारको जेठो सन्तान, त्यसमा पनि छोरो जन्मिँदा प्रचण्डका बाबुआमाले चिना हेराए । ज्योतिषीले फ्याट्टै भनेछन्, “तिम्रो छोरो ठूलो मान्छे बन्छ, उसलाई राजयोग परेको छ ।” त्यतिखेर प्रचण्डका बाबु मुक्तिराम दाहाल फिस्स हाँसेका मात्र थिए । पहाडमा जग्गा कम तर परिवारसंख्या ठूलो भएका कारण मुक्तिरामले पुख्र्यौली थलो कास्कीको ढिकुरपोखरीबाट चितवनतिर बसाइँ सरे र शिवनगर गाविसको भीमसेननगरमा स्थायी घर बनाए । चितवन सर्दा प्रचण्ड ७ वर्षका थिए । त्यहीं बाल्यकालको पढाइ सकियो । उनी सानैदेखि सबैसँग मिल्थे । गाउँमा कसैको झगडा पर्दा भन्थे- ‘खै छविलाल कहाँ छ ? त्यसले मिलाई दिन्छ कि ?’ घरमा भाइबहिनीहरूबीच झगडा हुँदा पनि छविलालले मिलाउँथे । मुलुकको द्वन्द्व पनि उनले नै मिलाउने आशा गरिएको छ ।
पढाईमा उनको प्रगति अनौठो छ । कक्षा एकमा एकपल्ट फेल भएका उनी दुई कक्षामा दोस्रा भए । कक्षा तीनमा प्रथम भएर एकैचोटि कक्षा पाँचमा गए । कक्षा पाँचमा पनि पहिलो भए । र, दुई कक्षा फड्किएर सातमा पुगे । कक्षा आठ, नौ र १० मा उनले शिवनगर हाइस्कुलमा (चितवन) पढे । एसएलसी पास गरेपछि ललितपुरको पाटन संयुक्त क्याम्पसबाट आईएस्सी पढ्दै गर्दा प्रचण्डलाई बाबुआमाले गाउँकै सीता पौडेलसँग विवाह गरिदिए । अनि, रामपुर क्याम्पसबाट कृषिमा बि. एस्सी. एजी. गरे । ठीक त्यहीबेला सरकारी जागिर खान भनेर प्रचण्ड चितवनबाट हिँडेरै धनकुटा गए । तर, जागिर पाएनन् । फर्केर घर आए । बाबु मुक्तिरामका स्मरणमा, त्यतिखेर प्रचण्ड रिसाएर घर फर्केका थिए । त्यसपछि नवलपरासीको त्रिभुवननगर र गोरखाको आरूघाटमा दुई-दुई वर्ष पढाए। प्रचण्ड सानैदेखि गम्भीर स्वभावका थिए। परिवारमा जेठो सन्तानको भूमिका राम्रै निभाएका थिए उनले। छविलालका बाबु मुक्तिराम दाहालले २०५७ सालको जनादेश साप्ताहिकमा भनेका छन्, ‘ऊ जेठो जान्ने-बुझ्ने छोरा, उसकी आमा क्यान्सर रोगी भएकीले भाइबहिनीलाई उसले नै अभिभावकको माया दिएको थियो । गाउँमा बचत कार्यक्रम चलाएको थियो, ढुकुटी चलाएर अप्ठ्यारोमा परेकाहरूलाई सहयोग गर्थ्यो।’ सानैदेखिको यो गुणकै कारण होला, २०४७ सालमा विभिन्न चारवटा कम्युनिस्ट पार्टीबीच एकता गराएर उनी पार्टीको महामन्त्री बने ।
दाम्पत्य जीवन एक गहन जिम्मेवारी र सम्बन्ध हो । जसलाई सफलतापूर्वक निर्वाह गर्न श्रीमान् -श्रीमती दुवैमा आपसी समझदारी र सहयोग नितान्त आवश्यक हुन्छ । श्रीमान् – पत्नीबीच एक-अर्कामा विश्वासको भावना एवं सहनशीलता आवश्यक छ । एक अर्कामा इमान्दार र समर्पित भएर नै आफ्नो दाम्पत्य जीवन सफल बनाउन सकिन्छ ।
आजको युगमा महिलाको स्थितिमा निकै परिवर्तन आइसकेको छ । आज महिलाहरू पनि शिक्षित छन्, आर्थिक एवं अन्य सबै कुरामा पुरुषसरह आत्मनिर्भरका साथै सक्षम पनि हुँदै गएका छन्, तर श्रीमान् -श्रीमती दुवैमा सहनशीलताको भावनामा कमजोरी छ, जसले गर्दा स-साना कुरामा पनि तँ-तँ र म-मका साथ झगडा एवं वैमनस्यता सुरु हुन्छ । दुवैले आफ्ना गल्तीलाई स्वीकार गर्दैनन्, जसले गर्दा वैमनस्यता र झगडा अन्त हुनुको साटो बढ्दै जान्छ । एक्लो भएको बेलामा दुवैले नाना थरीका कुरा मनमा खेलाएर आफूलाई अझ तनावग्रस्त पार्छन् । समयका साथै तनाव एवं वैमनस्यता बढ्दै जानुका साथै सम्बन्धको दूरी पनि बढ्दै जान्छ, जसको फलस्वरूप पछि गएर असहनीय तनावका कारण सम्बन्ध-विच्छे दसम्म हुन्छ ।
दाम्पत्य जीवन भनेको विश्वास र एक-अर्कामा समर्पित हुनु हो । जीवनका गोरेटोमा थुप्रै त्यस्ता मोड आउन सक्छन्, जहाँ समझदारी र सम्झौताका आधारमा चल्नुपर्ने हुन्छ । वै वाहिक जीवनमा सफलता र सामञ्जस्य ल्याउन श्रीमान् -श्रीमती दुवैले एक-अर्काका लागि धेरै कुरा त्याग अनि स्वीकार गर्नुपर्ने हुन्छ ।
व्यक्तिका स्वभाव र सोचाइ फरक-फरक हुन्छन् जुन एक-अर्कामा पूर्ण रूपले मिल्नुपर्छ भन्ने छैन । यस्तो अवस्थामा श्रीमान् र पत्नीको मानसिकता, भावना र आकांक्षा दाम्पत्यका रूपमा एकीकृत भयो भने मात्र दाम्पत्य जीवन सफल र सुखमय हुन्छ । श्रीमान् -श्रीमती दुवैले आफ्नो अहम् भावना त्यागी समझदारीलाई व्यवहारमा ल्याउनु हितकर हुन्छ । विवाहको उद्देश्य श्रीमान् -पत्नीबीच बढीभन्दा बढी समानता र सम्बन्ध कायम गराउनु हो । यस कारण
दुवैले एक-अर्काको स्वभाव, प्रवृत्ति र रुचिहरूका बारेमा जान्ने प्रयास गर्नुपर्छ ।
विवाहपछि श्रीमान् पत्नीहरू एक-अर्काप्रति अधिकारको भावना जनाउन थाल्छन् । यद्यपि अधिकारको भावना आफ्नोपन र प्रेमको सूचक हो, तर जब त्यस्तो अधिकार एक-अर्कामा लाद्ने कार्य हुन्छन्, तब वैमनस्यताको जन्म हुन्छ । सफल दाम्पत्य जीवनका लागि आपसी सम्बन्ध सौहार्दपूर्ण हुनु आवश्यक छ । प्रेम एउटा भावना हो, अनुभूति हो । प्रेमको धरातलमा नै सफल दाम्पत्य जीवनको जग मजबुत र बलियो पार्न सकिन्छ । कहिलेकाहीँ श्रीमान् वा पत्नीले आफ्नो स्वभावअनुसार एक-अर्कालाई होच्याएर प्रस्तुत गरी एक-अकार् लाई तुच्छ बनाउने वा देखाउने प्रयास गर्छन् । कसैमा बढी र कसैमा थोरै दोष तथा त्रुटि त हुन्छ नै, तर समझदार दम्पतीले एक-अर्काको त्रुटि खोज्नु र देखाउनुको सट्टा एक-अर्काका राम्रा कुरालाई अँगाल्ने प्रयास गर्छन् जुन सफल दाम्पत्य जीवनको सफलताको सूचक हो ।
भौतिक सुख-सुविधाका लागि पनि यस्तो तनाव एवं वादविवाद हुन्छ । त्यसैले श्रीमान् -श्रीमती दुवैले आफ्नो आर्थिक स्थितिलाई दृष्टिगत गरेर मात्र आफ्नो भौतिक चाहना पूर्ति गर्नुपर्ने हुन्छ ।
श्रीमान् -पत्नीको सम्बन्ध कायम गर्न जतिको सजिलो छ, त्यसलाई निर्वाह गर्न उत्तिकै कठिन छ । यसकारण दाम्पत्य जीवनमा तनाव एवं वैमनस्यताको स्थिति आउन नदिन श्रीमान् र श्रीमती दुवैको सार्थक प्रयास आवश्यक छ ।
के भनेर दिउ शुभकामना तिमीलाई मेरो शब्दहरु भगवान को बोली भये इछ्य र आकन्छ्य पुर होस् भन्थे के दिउ उपहारमा तिमीलाई मेरो उपहार भगवानको बर्दन भये संसारको सबै तिम्रो होस् भन्थे मेरो शब्दमा नौदुर्गा भवनिको बस भये जित सधैं तिम्रो होस् हार जती मेरो पैला पैलामा प्रगती होस् तिम्रो दुस्मन हरु सबै सगुन ली अौन मित्रताको सधैं मुस्कान छाइ रहोस् तिमीमा सत्यताको जोस जागर र उमङ तिम्रो प्रिया हऊन प्रगतिका सारा खुशीहरु तिम्रो हऊन एही शुभकामना
मुर्ती मान्छे ले मान्छे खाने नरसन्हार जन्मएर सुन्दर संसारको गर्ब्व गर्छस ईश्वर ।। तेरै समु तुक्रिद निर्दोस प्रनी को शरीर मौन बस्छस्नी किन र भन्छस तेरै सृस्टि हो यो सरा ब्राम्हन्ड तर किन दिन्छस रछेसी अंट् हरु? भन्छस तेरै सन्तान सर जिबन्स हरु तर किन दिन्छस रछेसी हात हरु साँझ बिहान् तेरै पाउ पर्ने भक्तहरु हरी सके के दिन्छस र बिजएउल्लस को छेनहरु ।। जिउदै जल्ने कत्ती छन कत्ती तेरो आश्मा खै क-कस्लाई दियिस र सितल्को छेन्हरु ? पुकार्दा पुकर्दा हैरन भाई सके तेरै नाम हरु तर आझै मौन छस मुर्ती बनेर अब आझै कती गरु तेरो पुकार म कहिले आउछस मेरो समु ईश्वर बनेर ? त स्वमलाई थाहा छैन तेरो शरीर रङ्गिएको आबिर र फुल पती हेरुले अझै मस्त निन्द्रामा छस कहिले खोल्चस आँखा मलाई होइन तलाई सरपुन सती हरुले ।। ईश्वर भये ईश्वर को दाँया देखा दुस्त भये दुस्त को घ्रिन त मुर्ती भएको त तस्बिर भएको म सहन सक्दिन ।। त ईश्वर भएर ढुङ्गामा बसेको त मुर्ती भएर मन्दिर म बसेको हेर्न सक्दिन म त कागाझरुमा तस्बिर भएर बसेको ।।
बर्सौ देखी जलेको छ बिचारहरु सडकमा बलेको आगो सँगइ दुर्गान्धित धुवा छाडेर!! बर्सौ देखी फुट्दै छ बिचारहरु सडकमा टुक्रिएको इटाहरु सगै आफ्नै पसिनाको देवाल हरु चर्काएर !! तरपनी मान्छे भित्र मान्छे बसेको छैन बिचार हरुले मुठी बधेको छैन कुन्नी किन हो आँफै लाई दाउमा राखेको !! एउटा जन्मेर हुर्कन पऊन्न आर्कोले गार्भमा भ्रुन भएर बस्छ यस्तै यस्तै बिचारहरु किन हो जगेको !! बिचार सँग बिचारहरु कत्ती बझे कत्ती तरपनी पकेन बिचार हरु तेसैले मान्छेले मान्छेलाई मान्छे देखेन!! कही ठोकिएर मरिरहेछ माहा बिचार हरु कही अल्झिएर फशी रहेछ उच्च बिचार हरु आखिर मरेरै मर्यो बिचार केही गरी बचेँन !! अब बिचारहरु बिचार रहेन मान्छे हरु मान्छे भएनन मान्छे ले मारे बिचार हरु आफ्नै घाटी दाबेर!! शडयेन्त्रसग मिल्दै छ बचेको बिचार हरु सुनिदै छ डेरा सर्दै छन रे बिचार हरु तिम्रो मेरो अनी हाम्रो प्येरो देश बेचेर!!! ए बिचरी बाहरु अब न मार बचेको बिचार हरु कही कतै झ्यंगमा अल्झेको बिचार हरु एकै ठाउँ समेट छरिएक बिचार हरु पानि हाल मल जल गर स्वोछ्छ खोपडिको अभावमा मर्दै छ बिचार हरु तिम्रो बिचारहरु मेरो बिचार हरु अनी समग्रमा हाम्रो बिचार हरु
हवाको बहाबमा बहदै छू सिसिरयमको पतझर भएर कही निस्तेज बहाबमा आफै लाइ बिर्सेर कही ठुलो पहाडमा आफ्नै प्राण लुकाएर किना की मलाई ठोकीने ठुलो डर छ हराउने ठुलो डर छ भय नै भय ले भरिएको छ म अनि मेरो संसार तर पनी तिमी सोद्छौ म के गर्दै छू भन्न त मन छैन तर बिबस छू लाज सरम पचायेर घृणित सबद हरु भन्न प्रिय साथी मैंड न गर ल
हिमाल चाडने हिम परखी माथि माथि जुनको जुनेलीलाई छुन पुगेउ आधुनिक्तामा रम्ने मान्छे तिमी मलाई छोडि सम्झनाका पल टाढा किन भएउ छोडि जने भये तेती टाढा माया लएउ मन भित्र पसी किन एती गाढा भुल्नै गरो भयो मलाई मस्तिस्कमा तिम्रै जली तस्बिर साछी भर लैजौ यदहरुनी तिमीसङै बिन्ती न छोडन साझ बिहान एकोहोरिने बनाइ कत्ती खुशी पएउ निर्मोही खोसेरत लगेउ मेरो खुशी मलाई चाँही रुहाइ
बद्नमिले बद्नम गराइ छाडेउ कुन्नी कुन जुनिको बद्ल लिएउ मेरो प्रगती तिम्रो लागि डाहाको भाडो बनेछ ठिकै छ तिमी हिमाल चढ म नै तिरमा बसुला तिम्रो सफलताको छेन कुरेर तर बिन्ती अब यहाँ भन्दा तल न झार लात मरेर मलाई किन कि तिम्रो खुशी हेर्ने आझै रहर छ ।
न भन हस्न भनेर किन कि मेरो हासो को आर्थ तिमी बुझ्दैनौ तिम्रो चाहन सतहमा बहन्छ मेरो मनको गहिराइ कहाँ छुन्छ र !!!!! तिमी किन सोद्छौ मेरो लुकेको चाहना ठिकै छ सोधी हलेउ भनी दिउल:- मलाई के मन पर्छ :-मेरो सामु तिमी हसेको, देन्ते लहर खोलेर। दुनियाँलाई जितेको मिठो बोलेर बिसै होस् निस्छल मन ले दिएको ,रिसै होस् हासेर बोलेको दुस्मननै होस् दोस्ती गसेको,टाढानै होस् ( KEEP AND TUCH )भै राखेको मलाई के मन पर्दैन :-केटी हरुले रुपको घमन्ड गरेको सज्जाहरुलाई जल्मा परेको ,केटा हरुले धनको घमन्ड गरेको बिउटी हरु देखी जिउदै मरेको ,ढुङा माथि फुलेको फुल र बैसमा खुलेको तरुनी को रुप,हलुका हावाले पनि झरी दिन्छ सारी ल बाँकी next time
*************
पढाइमा अब्बल दर्जा भएको पुष्पकमलमा राजनीतिक बीउ भने १० कक्षा पढ्दादेखि अंकुराउन थालेको हो । प्रचण्ड त्यो क्षण सम्झन्छन्, “पहाडमा खान नपुगेर तराईको पीडाले पनि परिवारमा मनोवैज्ञानिक असर परेकै थियो । त्यसमा पनि वरपरको वातावरण पनि पूरै कम्युनिस्टमय थियो । मेरै घरनजिक धनबहादुर विक कम्युनिस्ट कार्यकर्ता रहेछन् । उनले मलाई कम्युनिस्ट बन्ने प्रेरणा दिए । उनले नै रूपलाल विश्वकर्मासँग चिनजान गराइदिएका हुन् ।” त्यसपछि उनको सम्पर्क पुष्पलाल श्रेष्ठसँग भयो । चौथो महाधिवेशनपछि उनको भक्तबहादुर श्रेष्ठसँग घनिष्ठ सम्बन्ध गाँसियो । त्यस हिसाबले उनको राजनीतिक जीवनको आरम्भ तत्कालीन पुष्पलाल समूहमा २०२८ सालमा प्रवेश गरेपछि भएको माने हुन्छ । भक्तबहादुर पार्टीको महामन्त्री हुनेबेला प्रचण्ड क्षेत्रीय ब्युरो सदस्य पदमा कार्यरत थिए । ०३९ सालतिर निर्मल लामा र मोहनविक्रम सिंहबीच विवाद आएपछि प्रचण्ड त्यसबेला मोहनविक्रमतिर लागे । उनको विश्लेषणमा, “लामाको चुनावप्रतिको मोह भएका कारण उनलाई परित्याग गरेर मोहनविक्रमतिर लागियो । मोहनविक्रम नै मेराविरूद्ध केन्द्रीय समितिमा यसरी नकारात्मक रूपमा प्रस्तुत हुनुभयो, पछि बाध्य भएर विद्रोह गर्नुपर्यो ।”
आनीबानी
********
प्रचण्डलाई जतिले भेटे, उनीहरूको एउटै धारणा छ, प्रचण्ड अति मिजासिला छन्, सही नेतृत्व गर्ने खालका । तर, उनीसँग नजिकको सम्बन्ध राख्नेहरूका अनुसार उनी हरेक व्यक्तिलाई नजिक ल्याउन सक्ने र दूरी बढाउन सक्ने क्षमता राख्छन् । अझ डा. बाबुराम भट्टराईले अन्तर्वार्ताहरूमा भनेका छन्, “प्रचण्डजी दह्रो नेतृत्वको गुण राख्नुहुने मान्छे हो । उहाँ असाध्यै ‘डायनामिक’ मानिस हो । अहिले एमालेमा त्यो डायनामिक व्यक्तित्वको अभाव हामीले देखिरहेका छौँ । काङ्ग्रेस बीपीका बेलामा जति गतिशील थियो वा मदन भण्डारीको पालामा एमालेमा जुन गतिशीलता थियो, त्यहाँ नेतृत्वका गुणले काम गरेको थियो । प्रचण्ड जनसमूहमा प्रभाव पार्ने सक्ने मान्छे हो ।” प्रचण्ड सामान्यतः बिहान पाँच बजे उठ्छन् । उमेरअनुसार हल्का योग गर्छन् । उनका दिन लेखपढ, भेटघाट तथा संगठनात्मक नीति-निर्देशनबीच प्रायः चापाचापमै बित्छन् । अनि सामान्यतः राति १०-११ बजेको बीचमा सुत्छन् । उनि सादा, शाकाहारी खाना खान्छन् । बिहान नास्तामा रोटी-सब्जी, दिउँसोको खानामा दाल, भात, तरकारी खान्छन् । दिउँसो नास्ता गर्ने चलन छैन । उमेर छँदा खानाको कुनै निश्चितता थिएन । कुनै खास पेयपदार्थ नरूचाउने प्रचण्ड दिनमा ३ देखि ४ कप चिया पिउँछन् । चुरोट पिउँने प्रचण्डले चुरोट छाडेको करिब ६ महिना भयो । उनी चुरोटबाहेक अरू कुनै कुराको अम्मली भएनन् । दर्शन, राजनीति, अर्थशास्त्र र सौन्दर्यशास्त्रसँग सम्बन्धित पुस्तक पढ्न रूचाउने प्रचण्डको परिस्थितिअनुसार थपघट भए पनि सामान्यतः दिनको पाँच-छ घण्टा पुस्तकमै बित्छ । उनलाई असाध्यै प्रभावित पारेको पुस्तक म्याक्सिम गोर्कीको ‘आमा’ हो भने उनी अरूलाई विज्ञान र दर्शनसँग सम्बन्धित पुस्तकहरू अध्ययन गर्ने सुझाव दिन्छन् । उनी भित्र र बाहिर अलग-अलग कुरा गर्ने मानिससाग सबैभन्दा बढी दिक्क मान्छन् ।
सानैमा विवाह भएको र विवाहदेखि नै श्रीमतीसँग अटुट प्रेम रहिआएको उनी बताउँछन् । स्कुल र कलेजमा रहँदा लजालु स्वभावको भएका प्रचण्डलाई कसैले पछ्याउने मौकै पाएनन् । उनी भन्छन्, ‘श्रीमतीबाहेक अरू कसैलाई लेखेको छैन ।’ खेलकुदका बारेमा प्रचण्ड भन्छन्, ‘बाल्यकाल र युवा अवस्थासम्म खेलकुदमा मेरो विशेष रूचि थियो । मन पर्ने खेल फुटबल हो, हाईस्कूलमा हुँदा कतिपय फुटबल म्याचमा भाग पनि लिन्थें, कलेज जान थालेपछि भलिबल र टेबलटेनिसमा रूचि बढ्यो, पछि शिक्षक हुँदा पनि खास गरी गोरखा आरूघाटमा विद्यार्थीहरूसँग भलिबल खेल्थें ।’ उनी गीत-संगीतमा रूचि राख्छन् । उनलाई मनपर्ने गायकहरूमा नारायण गोपाल तथा खुसीराम पाख्रीन हुन् । केही वर्षअघि नायिका करिश्मा मानन्धर मनपर्ने नायिका भएको बताउने प्रचण्डले कलेज पढ्दासम्म निकै चलचित्र हेरेका थिए । जनयुद्धमा चलचित्र हेर्ने संभावना रहेन । उनलाई अहिले हिन्दी चलचित्रमा सवाना आजमीको अभिनय विशेष मन पर्छ । उनी घोडा चढ्न मन पराउँछन् । उनलाई देशभित्र मनपर्ने नेतामा बी.पी. कोइराला र पुष्पलाल श्रेष्ठ हुन् । उनी आˆनो आदर्श नेता लेनिनलाई मान्छन् । २०६३ जेठ ५ मा बुटवलस्थित तिनाउ एफएमसँग टेलिफोन वार्ता गर्दै एमालेका तत्कालीन महासचिव मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवादलाई माओवादी अध्यक्ष प्रचण्डले सकारात्मक रूपमा ग्रहण गर्ने खुलासा गरे । केही सैद्धान्तिक विषयमा छलफल गर्ने समय र योजना तय भइसके पनि त्यसअघि नै भण्डारीको निधन भएकाले आफूहरूबीच कुरा हुन नसकेको प्रचण्डले एफएम-अन्तर्वार्तामा बताए । प्रचण्डले भण्डारीको विचारलाई अहिले गलत ढंगले विश्लेषण भएको बताए । दिनमा कम्तीमा दुई घण्टा इन्टरनेटमा बस्ने प्रचण्ड सूचना-प्रविधिका विषयमा अभ्यस्त छन् । उनको टेलिफोनमा बिहान र बेलुका गरी दिनहुँ कम्तीमा डेढ घण्टा बित्छ ।
समयानुक्रम
*********
* २०२६ सालमा एसएलसी
* २०३० सालमा आइएस्सी पाटन संयुक्त क्याम्पस
* २०३३ सालमा बीएस्सी एजी कृषी तथा पशु विज्ञान अध्ययन संस्थान रामपुर, चितवन
* २०३३ सालदेखि २०३५ सालसम्म गोरखा आरुघाटमा अध्यापन
* २०३८ सालमा नेकपामा प्रवेश
* २०३५ सालदेखि पूर्णकालीन तथा भूमिगत जीवन प्रारम्भ
* २०४६ महामन्त्री नेकपा (मशाल)
* २०४८ महामन्त्री नेकपा (एकता-केन्द्र) २०५१ महामन्त्री नेकपा -माओवादी)
* २०५७ अध्यक्ष, नेकपा (माओवादी)
* २०६३ आम जनतासमक्ष र्सार्वजनिक